कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानमा हिमपातले कम्तीमा ४२ को मृत्यु

एजेन्सी

काबुल —  अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । अधिकारीहरूले ७६ जना घाइते भएका जनाएका छन् ।

अफगानिस्तानमा हिमपातले कम्तीमा ४२ को मृत्यु

प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा अत्यधिक हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्ला २० दिनमा हिमपातका कारण २ हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।

हिमपात प्रभावितलाई अस्थायी शिविर बनाएर राखिएको र अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराइएको जनाइएको छ । तर कतिपय स्थानमा भने प्रतिकूल मौसमका कारण प्रभावितको खोजी, उद्धार तथा राहतका लागि समस्या भइरहेको जनाइएको छ ।

प्रकाशित : माघ ११, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?