कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीश

एजेन्सी

इस्लामाबाद — पाकिस्तानी महिला आयशा मलिक यहाँस्थित सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश बनेकी छन् । सोमबार मलिकले शपथग्रहण गरेकी हुन् ।

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीश

पाकिस्तानमा अधिकांश मुद्दा महिलाविरुद्ध चलाइने भन्दै महिला अधिकारकर्मीहरूले आवाज उठाइरहँदा मलिकको पदोन्नतिलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको छ ।

राजधानी इस्लामाबादस्थित सोमबार शपथग्रहण समारोहमा मलिक उपस्थित हुँदा बेन्चमा अरु १६ जना सबै न्यायाधीश मलिकका पुरुष सहकर्मीहरू मात्रै थिए । महिला अधिकारकर्मी तथा वकिल निघात डाडले मलिकको पदोन्नतिलाई एउटा ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएकी छन् । साथै पाकिस्तानको न्यायपालिकाको इतिहासमै यो एक इतिहास भएको उनले बताइन् ।

अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट दिक्षित भएकी मलिकले पाकिस्तान फर्किएर विगत दुई दशकयता पाकिस्तानको पूर्वी सहर लाहोरस्थित उच्च अदालतमा न्यायाधीशको रुपमा काम गरेकी थिइन् ।

उनलाई पाकिस्तानको पञ्जाब प्रान्तमा पितृसत्तात्मक कानुनी व्यवस्था फिर्ता गर्ने न्यायाधीशको रुपमा पनि श्रेय दिइन्छ । पाकिस्तानमा महिलाको यौन अनुभवको स्तर निर्धारण गर्न प्रयोग गरिने चिकित्सकीय परीक्षणलाई मलिकले गत वर्ष न्यायाधीशको रुपमा गैरकानुनी घोषित गरेकी थिइन् ।

पाकिस्तानमा वर्षौंदेखि अधिकांश बलात्कार र यौन शोषणका मुद्दामा न्याय पाउन महिलाहरूले कठिन कानुनी लडाइँ लड्ने गरेका छन् । यसका लागि उनीहरूलाई मेडिकल परीक्षण गराउँदै पीडितको चरित्रमाथि नै प्रश्न उठाउने गरिन्छ । यस्तो अभ्यासले पीडितको थप बदनाम हुने गरेको भन्दै महिला अधिकारकर्मीहरूले विरोध जनाउने गरेका छन् ।

सर्वोच्च अदालतमा मलिकको पदोन्नतिले धार्मिक तथा रूढिवादी पुरुष प्रधान देशको न्यायपालिकामा अरु महिलाहरू प्रवेश गर्ने बाटो खुला हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : माघ १०, २०७८ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?