कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने

लन्डन — बेलायतले यूक्रेनमा अवस्थित बेलायती दूतावासका केही कर्मचारीलाई फिर्ता बोलाउने भएको छ । 

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने

युक्रेनमा रुसी सेनाले आक्रमण गर्नसक्ने भन्दै बेलायतले आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ ।

केही कर्मचारीलाई फिर्ता बोलाए पनि बेलायती दूतावास खुला रहने र युक्रेनमा रहेका बेलायती नागरिकहरूलाई सहयोग र समर्थन प्रदान गर्नेलगायत आवश्यक कामहरू जारी राखिने बताइएको छ । एफसीडीओ‌ले युक्रेनमा रहेका बेलायती नागरिकहरूलाई पनि त्यहाँ आफ्नो उपस्थिति दर्ता गर्न अनुरोध गरेको छ ।

संयुक्त राज्य अमेरिकाले पनि जुनसुकै बेला पनि आक्रमण हुन सक्ने भन्दै आफ्नो दूतावासका कर्मचारीहरूलाई त्यहाँबाट बाहिरिन आदेश दिइसकेको छ ।

रूसले कुनै पनि सैन्य आक्रमण नगर्ने भने पनि सिमानामा दशौं हजार रुसी सैनिकले गस्ती गरिरहेकाले त्यहाँबाट बस्नका लागि सुरक्षित नभएको भन्दै बेलायतले आफ्नो दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने भएको हो ।

प्रकाशित : माघ १०, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?