कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा सक्रिय संक्रमित बढ्दै

राजेश मिश्र

नयाँदिल्ली — भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २१ लाख ८७ हजार पुगेको छ । २१ दिनको अन्तरमा सक्रिय संक्रमितको संख्या २१ गुणाले वृद्धि भएको हो । डिसेम्बर ३१ मा सक्रिय संक्रमितको संख्या १ लाखलाई छोएको थियो । जनवरी २१ मा उक्त संख्या २१ लाखलाई पार गरेको हो । योसँगै सक्रिय संक्रमितको संख्या पनि लगातार बढ्दै गाएको छ । 

भारतमा सक्रिय संक्रमित बढ्दै

तर, दैनिक रूपमा संक्रमित हुनेको संख्यामा भने केही कमी देखिएको छ । लगातार तेस्रो दिन संक्रमितको संख्यामा कमी पाइएको छ । पछिल्लो २४ घण्टामा भारतभरि ३ लाख ३३ हजार ५ सय ३३ जना संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा उक्त संख्या ४ हजारले कम हो । त्यसभन्दा एक दिन अगाडि ३ लाख ४७ हजार संक्रमित भेटिएका थिए । मृतकको संख्या भने बढेको छ । पछिल्लो २४ घण्टाको तथ्यांकमा मृतकको संख्या ५ सय २५ पाइएको छ । अघिल्लो दिन मृत्यु हुनेको संख्या ४ सय ८८ थियो ।

दिल्लीमा घट्यो संक्रमण दर

दिल्लीमा संक्रमितको संख्यासँगै संक्रमण दरमा पनि कमी आएको छ । संक्रमण दर १३ प्रतिशतमा झरेको छ । एक साता अगाडि संक्रमण दर ३० प्रतिशत पुगेको थियो । पछिल्लो दिन क्रमशः संक्रमण दर घट्दै गएको पाइएको छ । संक्रमित हुनेभन्दा संक्रमणबाट स्वस्थ्य हुनेको संख्या बढेको छ ।

आइतबार ६९ हजार २२ जनाको परीक्षण गरिएकोमा ९ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण दर १३.३२ प्रतिशत पाइएको छ । ३४ जनाको मृत्यु भएको छ । १३ हजार ५ सय १० जना संक्रमणमुक्त भएका छन् ।

शनिबार ७० हजार २ सय २६ जनाको जाँच गरिएकोमा ११ हजार ४ सय ८६ संक्रमित पाइएका थिए । त्यसअनुसार संक्रमण दर १६.३६ देखिएको हो । १४ हजार ८ सय २ जना स्वस्थ्य भएका छन् । मृतकको संख्या भने बढेको छ । शुक्रबार ३८ र शनिबार ४५ जनाको मृत्यु भएको थियो । जनवरी महिनामा दिल्लीमा ४ सय ७८ जनाको कोरोनाका कारण ज्यान गएको छ । यद्यपि, दिल्ली सरकारले मृतकलाई अन्य रोगहरू रहेको र कोरोना पनि लागेकाले मृतकको संख्या थपिएको दाबी गरेको छ ।

प्रकाशित : माघ १०, २०७८ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?