कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घानामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा विस्फोट‚ १७ को मृत्यु

काठमाडौँ — घानाको पश्चिमी क्षेत्रमा रहेको बोगोसो र बादीको बीचमा विस्फोटक पदार्थ बोकेको ट्रक मोटरसाइकलसँग ठोक्किँदा भएको विस्फोटमा परी १७ जनाको मृत्यु भएको छ । 

घानामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा विस्फोट‚ १७ को मृत्यु

चिरानो सुन खानीतर्फ जाँदै गरेको ट्रकसँग मोटरसाइकल विस्फोट भएको हो । घानाका राष्ट्रपति नाना अड्ओ डन्क्वा आकुफो अड्डोले यो घटनालाई ‘अत्यन्तै दुःखद घटना’को संज्ञा दिएका छन् ।

विस्फोटमा परी ५९ जना घाइते भएका छन् । त्यहाँको प्रहरीले विस्फोटको बारेमा प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

‘विस्फोट भएको क्षेत्र वरिपरि रहेका स्थानीयलाई उक्त क्षेत्रबाट अन्यत्र जानका लागि आग्रह गरिसकिएको छ‚’ प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।

विस्फोटमा परी ५ सय भवनहरू ध्वस्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन संगठन (एनएडीएमओ)का उपमहानिर्देशक सेजी साजी अमेडोनुले बताएका छन् ।

प्रकाशित : माघ ७, २०७८ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?