कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा एकैदिन करिब ३ लाख ५० हजारलाई कोरोना, ७०३ को मृत्यु

काठमाडौँ — भारतमा एकैदिन करिब ३ लाख ५० हजारलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप ३ लाख ४७ हजार २ सय ५४ जना संक्रमित भएका छन् । यो संख्या अघिल्लो दिनको भन्दा २९ हजार ७ सय २२ ले बढी हो । 

भारतमा एकैदिन करिब ३ लाख ५० हजारलाई कोरोना, ७०३ को मृत्यु

बिहीबार १९ लाख ३५ हजार ९ सय १२ नमुना परीक्षण गरिएको थियो । भारतमा दैनिक संक्रमण दर १६.४१ प्रतिशतबाट बढेर १७.९४ प्रतिशत पुगेको छ । त्यस्तै गत २४ घण्टामा भारतमा कोरोनाबाट ७०३ जनाको मृत्यु भएको छ ।

बुधबारको तुलनामा मृत्यु हुनेको संख्या निकै बढेको छ । बुधबार भारतमा कोरोनाबाट ४ सय ९१ जनाको मृत्यु भएको थियो । भारतमा हालसम्म कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८८ हजार ३ सय ९६ पुगेको छ । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८ सय २५ रहेको छ ।

भारतले अहिलेसम्म १ अर्ब ६० करोडभन्दा बढी डोज खोप लगाइसकेको छ ।

प्रकाशित : माघ ७, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?