२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुमा पछुतो छैन : राष्ट्रपति बाइडेन

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्नुमा कुनै पछुतो नभएको बताएका छन् । बुधबार अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको १ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निर्णय सही भएको दोहोर्‍याएका हुन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुमा पछुतो छैन : राष्ट्रपति बाइडेन

‘मैले जे निर्णय गरेँ त्यसमा कुनै पछुतो छैन,’ उनले भने, ‘२० वर्षपछि अफगानिस्तानबाट बाहिरिनु निकै चुनौतीपूर्ण थियो । असम्भवजस्तै अवस्थाबाट बाहिरिए पनि मलाई कुनै पछुतो छैन ।

उनले गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानको अवस्था बिग्रिएकोमा भने चिन्ता व्यक्त गरेका छन् । ‘तालिबानको अक्षमता’का कारण अहिलेको अवस्था निम्तिएको पनि बाइडेनको भनाइ छ ।

‘विमानस्थलमा लाइनमा बसिरहेकालाई लक्षित गरेर बम विस्फोट गराइएकोमा म निकै दु:खी छु,’ बाइडेनले भने । अफगानिस्तानलाई एउटै सरकारमातहतमा रहेर एकताबद्ध गर्न निकै कठिन हुने पनि उनको भनाइ छ । उनले अगाडि भने, ‘एउटै सरकारको मातहतमा अफगानिस्तानलाई एकताबद्ध गर्न सक्छुजस्तो लाग्छ भने हात उठाउनुहोस् । यो एउटा कुनै ठोस कारणका लागि साम्राज्यको चिहान बनेको छ ।’

उनले अफगानिस्तानमा लामो समय अमेरिकी सेना बस्दा मुलुकलाई आर्थिक भार थपिएको कुरामा पनि जोड दिएका छन् । अमेरकिाले अफगानिस्तानमा झन्डै एक अर्ब अमेरिकी डलर खर्च गरेको थियो ।

प्रकाशित : माघ ६, २०७८ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?