कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता कब्जापछि अफगानिस्तानमा पहिलो पटक खुल्यो एटीएम सेवा

रासस

काबुल — तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि पहिलो पटक शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सत्ता कब्जापछि अफगानिस्तानमा पहिलो पटक खुल्यो एटीएम सेवा

अफगानिस्तानको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी)ले बिहीबार विज्ञप्तिमार्फत देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको खामा प्रेसले उल्लेख गरेको छ । सहकारीसँगको वार्तापछि यो निर्णय भएको जनाइएको छ ।

सन् २०२१ अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि एटीएम सेवाहरू बन्द भएका थिए ।

‘बैंकिङ प्रणाली र सेवाहरू सामान्य अवस्थामा फर्काउन दा अफगानिस्तान बैंक प्रयासरत छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । एटीएमहरू पुन: सुचारु हुन थालेपछि मानिसहरूलाई थप सुविधा मिल्ने बैंकले विश्वास लिएको छ ।

जनताको सुविधाका लागि वाणिज्य बैंकका एटीएम विशेष क्षेत्रमा उपलब्ध हुनेछन् । यद्यपि बैंकले निश्चित रकम झिक्न प्रतिबन्ध कायमै रहेकाले झिक्ने रकमको सीमा भने उल्लेख नगरिएको खामा प्रेसले जनाएको छ ।

नयाँ नीतिअनुसार एक व्यक्तिले हप्तामा दुई सय अमेरिकी डलर (२० हजार अफगानी रकम) झिक्न सक्नेछन् ।

प्रकाशित : पुस ३०, २०७८ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?