कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतमा अब पाँच दिनमात्र आइसोलेसनमा बसे पुग्ने

लन्डन — बेलायतमा कोरोना संक्रमितलाई ‘सेल्फ आइसोलेसन’मा बस्ने समय घटाएर पाँच दिन निर्धारण गरिएको छ । यसअघि दश दिन रहेकोमा त्यसलाई घटाएर सात दिनसम्म आइसोलेसनमा बस्नुपर्ने नियम लागू गरिएको थियो ।

बेलायतमा अब पाँच दिनमात्र आइसोलेसनमा बसे पुग्ने

उक्त समयलाई कटौती गर्दै कोभिड पोजेटिभ देखिएका नागरिकलाई अब पाँच दिनमात्र सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएको हो ।

बेलायतका स्वास्थ्य अधिकारीहरूको परामर्शमा सरकारले सो समय कटौती गरेको स्वास्थ्यमन्त्री सजिद जाभिदले बताएका छन् । उनका अनुसार बेलायती नागरिकमा आगामी सोमबारदेखि आइसोलेसनका लागि यो समय लागू हुने भएको हो ।

पाँच दिन र छैटौं दिनको बिहानसम्ममा कोभिड नेगेटिभ देखिएका व्यक्ति आइसोलेसनबाट बाहिर निस्किन पाउने भएका हुन् ।

प्रकाशित : पुस ३०, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?