कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संयुक्त राष्ट्रसंघद्वारा अफगान नागरिकका लागि सहयोगको अपिल

काठमाडौँ — कसैको सहयोग नपाउँदा अफगानिस्तानका लाखौं नागरिकहरू जटिल समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उनीहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघद्वारा अफगान नागरिकका लागि सहयोगको अपिल

लाखौं अफगानी नागरिक सहयोग नपाउँदा मृत्युको मुखमा पुग्ने अवस्था आएकाले उनीहरूलाई बचाउनका लागि विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताएका छन् ।

उनले भनेका छन्‚ ‘अफगानिस्तानमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती दिन प्रतिदिन थपिँदै गएको र त्यहाँका नागरिकको अवस्था दयनीय रहेकाले थप मानवीय सहयोगका लागि मेरो आग्रह छ । हाम्रा प्रयासहरूबाट मात्र अफगानी नागरिक बच्न सक्छन् ।’

‘अफगानिस्तानका नागरिक उद्धारका लागि संयुक्त राष्ट्रसंघ प्रतिबद्ध छ । तर‚ पछिल्लो समयमा यहाँका नागरिकमा मानवीय सहयताको अवश्यकता छ‚’ उनले भने । महासचिव गुटेर्रेसले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मुख भएको भन्दै आफूले रोजगारीको सुनिश्चितताका लागि त्यहाँ स्वास्थ्य र शिक्षा सेवा पुनःस्थापनाका कार्यक्रमहरू सञ्चालन होस् भन्ने चाहेको पनि बताएका छन् ।

विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा संयुक्त राष्ट्रसंघका थुप्रै एजेन्सीहरू चिन्तित छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्च आयुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति हाल निकै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो ।

प्रकाशित : पुस ३०, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?