कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानमाथिका प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ — चीनले अमेरिकाद्वारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरू फुकुवा गर्न आग्रह गरेको छ ।

अफगानिस्तानमाथिका प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

चीनको विदेश मन्त्रालयले सोमबार अफगानिस्तानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ ।

हाल अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको, यहाँ हिमपात तथा चिसोका कारण अफगान नागरिकहरू निकै अप्ठ्यारोमा परेको र मानवीय सहायताको पनि खाँचोे परिरहेकाले चीनले अमेरिकालाई सो नाकाबन्दी फिर्ता गर्न आग्रह गरेको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले यस्तो आग्रह गरेका हुन् ।

अफगान नागरिक यतिबेला निकै कठिन अवस्थामा रहेका र यहाँको आर्थिक अवस्था पनि नाजुक रहेकाले अफगानिस्तानमाथि अमेरिकी सरकारले लगाएका आर्थिकलगायतका विभिन्न नाकाबन्दीहरू फुकुवा गर्नुपर्ने उनको भनाइ थियो ।

चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : पुस २७, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?