कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

रासायनिक हतियार नष्ट गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

एजेन्सी

न्युयोर्क — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । विश्वलाई नै रासायनिक हतियारविहीन बनाउन आवश्यक भएको उनको भनाइ छ ।

रासायनिक हतियार नष्ट गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

रासायनिक हतियारपीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै गुटेर्रेसले यसको प्रयोग कहिल्यै, कहीं, कुनै पनि बाहनामा वा कुनै पनि अवस्थामा ठीक नभएको बताए । रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने पनि उनले स्मरण गराए ।

‘कुनै पनि तरिकाले रासायनिक हतियारको प्रयोगलाई सही सावित गर्न सकिँदैन, हामीले यसलाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ,’ सन्देशमा उनले लेखेका छन् । गुटेर्रेसले रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वाभाविक रूपमा लिन नहुनेमा पनि जोड दिए ।

राष्ट्रसंघीय प्रमुख गुटेर्रेसले रासायनिक हतियारको प्रयोग स्वीकार्य हुन नसक्ने स्पष्ट पारे । रासायनिक हतियारपीडितलाई सहयोग गर्ने नैतिक जिम्मेवारी विश्व समुदायको रहेको बताउँदै उनले पीडितहरुप्रति सहानुभूति व्यक्त गरेका जनाइएको छ ।

प्रकाशित : मंसिर १६, २०७७ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?