कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानमा बन्दुकधारीद्वारा २८ यात्रुको अपहरण

एजेन्सी

काबुल — अफगानिस्तानको पश्चिमी प्रान्त वार्डाकमा बन्दुकधारी एक समूहले सडकमा गुडिरहेका गाडी नियन्त्रणमा लिई २८ यात्रुको अपहरण गरेको छ ।

बन्दुकधारी समूहले बुधबार काबुलका लागि छुटेका गाडीलाई जालरिज जिल्लाबाट नियन्त्रणमा लिई यात्रुलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार पुष्टि गरेका हुन् ।

प्रहरीले अपहरणमा अफगानी तालिवान समूहको संलग्नता रहेको दाबी गरेको छ । तालिवान समूहले भने घटनाबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । अफियानीका अनुसार प्रहरीले अपहरित व्यक्तिको खोजी गरी सुरक्षित रूपमा मुक्त गर्न विभिन्न समूहलाई खटाइसकेको छ ।

९ तालिवान विद्रोही मारिए

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ९ जना तालिवान विद्रोही मारिएका छन् । ओबे जिल्लाको एक प्रहरीचौकीमा बुधबार अपराह्न तालिवान समूहले गरेको भीषण आक्रमणपछि सुरक्षाबलले जवाफी कारबाही गरेको अफगानिस्तान सेनाले जनाएको छ ।

कारबाहीमा सुरक्षाबलले युद्धक विमानसमेत प्रयोग गरेको जनाइएको छ । कारबाहीका क्रममा ८ लडाकु घाइते भएको जनाइएको छ । सुरक्षाबलतर्फ भने कुनै हताहती नभएको बताइएको छ । राजधानी काबुलबाट ६ सय ४० किलोमिटर पश्चिममा रहेको हेरात सहरमा सक्रिय तालिवान लडाकु समूहले भने कारबाहीबारे कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित : मंसिर १२, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?