कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय अभिनेता सौमित्र चटर्जीको निधन 

एजेन्सी

कोलकाता — भारतीय अभिनेता सौमित्र चटर्जीको ८५ वर्षको उमेरमा निधन भएको छ । विख्यात निर्देशक सत्यरजीत रेको फिल्मबाट अभिनय थालेका चटर्जीको कोलकातास्थित एक अस्पतालमा निधन भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

भारतीय अभिनेता सौमित्र चटर्जीको निधन 

भारतीय सिनेमामा प्रदान गरिने सर्वोच्च पुरस्कार दादासाहेब फाल्के अवार्ड प्राप्त उनले फिल्म क्षेत्रमा ६१ वर्ष बिताए । छवि विश्वास, उत्तम कुमार, उत्पल दत्तलगायत बंगाली फिल्मका नामुद कलाकारसँग उनले काम गरेका थिए ।

सत्यजीत रेको फिल्म 'अपूर संसार'बाट अभिनय सुरु गरेका चटर्जीले ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चटर्जीको निधनले सिनेमा जगतलाई ठूलो हानी भएको भन्दै ट्विट गरेका छन् ।

प्रकाशित : कार्तिक ३०, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?