कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विहारमा दोस्रो चरणको चुनाव, ९४ प्रतिस्पर्धी

एजेन्सी

पटना — भारतको विहार राज्यमा मंगलबार दोस्रो चरणको मतदान सम्पन्न भएको छ । विधानसभाका ९४ सदस्यका लागि १७ जिल्लामा भएको मतदान शान्तिपूर्ण रूपमा सकिएको अधिकारीहरूले जनाएका छन् ।

विहारमा दोस्रो चरणको चुनाव, ९४ प्रतिस्पर्धी

यसअघि अक्टोबर २८ मा पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । पहिलो चरणको मतदानबाट ७१ सदस्य चयन हुनेछन् ।

दोस्रो चरणको निर्वाचनका लागि २ करोड ८६ लाख जना मतदाता रहेका थिए । निर्वाचन आयोगका अनुसार तीन चरणका निर्वाचनमध्ये सबैभन्दा धेरै मतदाता दोस्रो चरणमा रहेका थिए ।

मंगलबार भएको मतदानमा १ हजार ४ सय ६४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये भारतीय जनता पार्टी (बीजेपी) बाट ४६, जनता दल युनाइटेडबाट ४३ जना, राष्ट्रिय जनता दल (आरजेडी) बाट ५६ जना र कंग्रेसबाट २४ जना उम्मेदवार रहेका छन् । आयोगका अनुसार अन्य उम्मेदवारहरू साना दलमार्फत तथा स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रेका हुन् ।

निर्वाचनमा सहभागी उम्मेदवारमध्ये पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादव र तेज प्रतापको उम्मेदवारी बढी चर्चामा छन् । तेजस्वीलाई महागठबन्धनका तर्फबाट मुख्यमन्त्रीको उम्मेदवारका रूपमा हेरिएकाले पनि बढी चर्चा भएको हो । उनी रंगपुरबाट उम्मेदवार बनेका हुन् ।

प्रकाशित : कार्तिक १९, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?