कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिलिपिन्समा शक्तिशाली आँधी, कम्तीमा ४ जनाको मृत्यु, लाखौं विस्थापित

(एजेन्सी)

मनिला — फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी ‘गोनी’का कारण कम्तीमा चार जनाको मृत्यु भएको छ । मृतकमध्ये एक पाँच वर्षीय बालक छन् ।

फिलिपिन्समा शक्तिशाली आँधी, कम्तीमा ४ जनाको मृत्यु, लाखौं विस्थापित

२ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण अत्यधिक वर्षा भएको छ । आँधीका कारण मृत्यु हुनेको संख्या बढ्ने अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । बीबीसीका अनुसार आँधीका कारण कैयौं घरहरू ध्वस्त भएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ४:५० बजे गोनी आँधीले काटानडुनेस टापुमा भारी वर्षा गराएको हो । आँधी यस साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट बाहिरिने बताइएको छ ।

अधिकारीहरूले गोनी आँधीसँगैको वर्षाका कारण थप क्षति पुग्ने जनाएका छन् । उक्त आँधी सन् २०१३ पछिकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ । सन् २०१३ मा हइयान आँधीका कारण कम्तीमा ६ हजार जनाको ज्यान गएको थियो ।

बीबीसीका अनुसार गोनी आँधीका कारण काटानडुनेस टापुको सहर भिराक सम्पर्कविहीन भएको छ । उक्त सहरमा ७० हजारले बसोबास गर्दै आएका छन् ।

सामाजिक सञ्जालहरूमा सार्वजनिक तस्बिरहरूमा आँधीले घरका छतहरू उठाएका देखिन्छ । त्यसका साथै प्रभावित क्षेत्रमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ । ‘हावाहुरी निकै जोडले बहेको छ । यो निकै डरलाग्दो छ,’ २१ वर्षीय स्थानीय फ्रान्सिया मई बोरासले भनिन् ।

फिलिपिन्समा वार्षिक सरदर २० वटा आँधी आउने गर्छन् । तर यस वर्ष कोभिड–१९ को महामारीका कारण सरकारले आँधीको क्षति न्यून गर्नका लागि तयारी गर्न नसकेको जनाइएको छ । आइतबार साँझसम्म फिलिपिन्समा ३ लाख ८१ हजार जनामा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ । भाइरसका कारण ७ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

नागरिक प्रतिरक्षा प्रमुख रिकार्डो जलादले आँधी आउने अनुमानसँगै ३ लाख ४७ हजार जनालाई सुरक्षित स्थानमा सारिएको दाबी गरे । यद्यपि, कोभिड–१९ को महामारीका कारण सुरक्षित स्थानमा सारिएका मानिसहरू थप अप्ठ्यारोमा परेको जनाइएको छ ।

प्रकाशित : कार्तिक १६, २०७७ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?