कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

टर्की भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो, झन्डै ८ सय घाइते

एजेन्सी

इस्तानबुल — शुक्रबार टर्की र ग्रिसमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने करिब ८ सय जना घाइते भएका छन् ।

टर्की भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो, झन्डै ८ सय घाइते

भूकम्पमा परी टर्कीमा २४ जना र ग्रिसमा २ जनाको मृत्यु भएको हो । ग्रिसको सामोस टापुमा भवनले च्यापिएर एक किशोर र एक किशोरीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्‍चार माध्यमले जनाएका छन् ।

एजियन सागरलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले टर्कीको समुद्री किनारमा रहेको इज्मिर सहरमा धेरै क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् । इज्मिरमा मात्रै २० भन्दा बढी भवन भत्किएको मेयर तंक सोयरले जानकारी दिएका छन् । भत्किएका भवनभित्र अझै कति मानिस फसिरहेका छन् भन्ने यकिन जानकारी प्राप्त नभएको अधिकारीले बताएका छन् । केहीलाई भने उद्धार गरिएको छ ।

भूकम्पपछि टर्कीको पश्चिमी किनारमा सानो सुनामी पनि आएको स्थानीय सञ्‍चारमाध्यमले बताएका छन् । सुनामीका कारण सहरमा पानी पसेको छ भने घरभित्र भएका सामानहरु पानीले बगाएको तस्बिर र भिडियोहरु सामाजिक सञ्‍जालमा सेयर गरिएको छ ।

भूकम्पपछि १९६ वटा परकम्प गएको पनि टर्किस अधिकारीले बताएका छन् । तीमध्ये २३ वटा परकम्प ४ म्याग्निच्युडभन्दा माथिका थिए ।

प्रकाशित : कार्तिक १५, २०७७ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?