कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टर्कीमा ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ४ जनाको मृत्यु

एजेन्सी

इस्तानबुल — टर्कीमा ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएकाे छ । करिब १ सय २० जना घाइते भएकाे समाचार संस्था एएफपीले जनाएकाे छ ।

टर्कीमा ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ४ जनाको मृत्यु

अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का ग्रिसकाे एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो । भूकम्पको धक्का बुल्गेरियामा पनि महसुस गरिएको छ । भूकम्पका कारण सुनामी पनि आइसकेको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९९९ मा टर्कीकाे उत्तरपश्चिमी भूभागमा ७.४ म्याग्नेच्युडकाे भूकम्प जाँदा १७ हजार मानिसको मृत्यु भएको थियो ।

यस्तै सन् २०११ मा भानकाे दक्षिणपूर्वी क्षेत्रमा भूकम्प जाँदा ६ सय भन्दा बढीकाे मृत्यु भएकाे थियाे ।

ग्रिसमा भने पछिल्लाे समय सन् २०१७ काे जुलाईमा सामाेस नजिक काेस द्वीपमा शक्तिशाली भूकम्प जाँदा २ जनाकाे मृत्यु भएकाे थियाे ।

प्रकाशित : कार्तिक १४, २०७७ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?