कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काबुलको शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट : कम्तीमा १८ को मृत्यु

एजेन्सी

काबुल — अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

काबुलको शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट : कम्तीमा १८ को मृत्यु

शनिबार दिउँसो निजी रुपमा सञ्चालित शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट गराइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । उक्त केन्द्रमा सयौँ विद्यार्थी पढ्ने गर्थे ।

विस्फोटमा परी घाइते भएकालाई अस्पताल लगिएको छ भने मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । विस्फोटको जिम्मा सामाजिक सञ्जालबाट चरमपन्थी समूह इस्लामिक स्टेटले लिए पनि आधिकारिक प्रमाण भने उपलब्ध गराएको छैन ।

त्यसअघि तालिबान समूहले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको थियो । अफगान आन्तरिक मन्त्रालयका अनुसार एक जना आत्मघाती आक्रमणकारी शैक्षिक केन्द्रमा पस्न खोज्दा सुरक्षा गार्डले रोकेपछि बम विस्फोट गराएका थिए ।

प्रकाशित : कार्तिक ९, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?