कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउड निर्देशक अनिल देवगनको निधन

एजेन्सी

मुम्बई — बलिउड अभिनेता अजय देवगनका भाइ तथा हिन्दी फिल्मका निर्देशक अनिल देवगनको निधन भएको छ । ४५ वर्षीय अनिलको हृदयघातका कारण सोमबार राति मृत्यु भएको हो । अनिलले 'राजु चाचा', 'ब्ल्याकमेल' र 'हाल-ए-दिल'को निर्देशन गरेका थिए । 

बलिउड निर्देशक अनिल देवगनको निधन

अजय देवगनको पहिलो फिल्म 'फूल और काँटें'बाट सहायक निर्देशकका रुपमा काम गर्न थालेका अनिल 'सन अफ सरदार'का क्रियटिव निर्देशक थिए । अजय अभिनित 'जान', 'इतिहास' र 'प्यार तो होना हि था' मा पनि सहायक निर्देशका रुपमा काम गरेका थिए । अभिनेता अजयले एक ट्विट गर्दै आफ्ना भाइ अनिलको गत राति निधन भएको बताएका छन् ।

प्रकाशित : आश्विन २०, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?