कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहेनन् पूर्व क्रिकेटर डिन जोन्स

एजेन्सी

मुम्बई — अस्ट्रेलियाका पूर्व क्रिकेट खेलाडी डिन जोन्सको बिहीबार ह्रदयघातका कारण निधन भएको छ । इन्डियन प्रिमियर लिगको कमेन्ट्रीका लागि उनी भारतको मुम्बईमा थिए ।

रहेनन् पूर्व क्रिकेटर डिन जोन्स

५९ वर्षीय जोन्स बिहीबार बिहान मात्रै ‘मर्निङ वाक’का लागि निस्केका थिए र लञ्च समयमा होटलमै उनलाई ह्रदयघात भएको थियो ।

भारतीय प्रशारण संस्था स्टार इन्डियाले भनेको छ,‘हामीलाई डिन जोन्सको निधनको समाचार सुनाउनु पर्दा निकै दु:ख लागेको छ । उनको ह्रदयघातका कारण मृत्यु भएको हो ।’

सन् १९८४ देखि १९९४ सम्म अस्ट्रेलियाली टिमबाट खेलेका जोन्सले ५२ वटा टेस्ट म्याच खेलेका छन् भने १६४ वान डे म्याच खेलेका थिए । उनले टेस्ट म्याचमा ११ शतक र १४ अर्धशतकसहित ३ हजार ६ सय ३६ रन बनाएका थिए । त्यस्तै वान डे म्याचमा ७ अर्धशतक र ४६ अर्धशतकसहित ६ हजार ६८ रन बनाएका थिए ।

प्रकाशित : आश्विन ८, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?