कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘विश्‍वकै सय प्रभावशाली व्यक्ति’को सूचीमा अभिनेता आयुष्मान खुराना

डाक्टर एन्थोनी फौची, ट्रम्प, मोदी र सी पनि प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौँ — बलिउड अभिनेता आयुष्मान खुराना विश्वप्रसिद्ध टाइम म्यागजिनले निकालेको विश्वकै एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । टाइम म्यागजिनले निकालेको सूचीमा कलाकार विधाबाट सन् २०२० का विश्वकै प्रभावशाली सय व्यक्तिमा अभिनेता आयुष्मान पनि परेका हुन् ।

‘विश्‍वकै सय प्रभावशाली व्यक्ति’को सूचीमा अभिनेता आयुष्मान खुराना

आयुष्मानले टाइमको सूचीमा पर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको बताएका छन् । ‘बिक्की डोनर’ बाट डेब्यू गरेका आयुष्मानले ‘अन्धाधुन’, ‘आर्टिकल १५’, ‘शुभ मंगल ज्यादा सावधान’ लगायत चलचित्रमा सशक्त अभिनय गरेका छन् । अभिनेता आय्ुष्मानको प्रशंसामा अभिनेत्री दीपिका पादुकोणले म्यागजिनमा लेखेकी छिन्, ‘डेब्यु चलचित्र बिक्की डोनरबाटै आयुष्मानले बनाएको अलग पहिचानका रुपमा म उनलाई सम्झन्छु । त्यसअघि पनि उनी मनोरञ्जन क्षेत्रमा विभिन्न तरिकाले सक्रिय भए पनि बिर्सन नसकिने फिल्म र पात्रबाट उनले समाजमा एक किसिमको प्रभाव पारेका छन् ।’

त्यस्तै टाइमको सूचीमा पर्ने अन्य कलाकारमा सांगीतिक समूह ‘द विकेन्ड’, सेलेना गोमेज, जोजो सिवा, बोङ जून होलगायत रहेका छन् ।

त्यस्तै कोरोना महामारीपछि विश्वभर चिनिएका अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीलाई टाइमले कोरोना नियन्त्रणका लागि नेतृत्वदायी भूमिका खेलेको भन्दै एक सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको छ । नेतृत्व विधातर्फबाट अमेरिकी सिनेटर कमला ह्यारिस, ताइवानकी राष्ट्रपति साई इङ वेन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, डेमोक्रेटिक नेता जो बाइडेन, जर्मन चान्सलर एन्जेला मर्केल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका व्यक्ति रहेका छन् ।

त्यस्तै भर्खर यूएस ओपन जितेकी टेनिस स्टार नाओमी ओसाका, अमेरिकी एथ्लिट एलिसन फेलिक्स, इजिप्टकी पत्रकार लिना अताल्लाहलगायत व्यक्ति पनि टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।

प्रकाशित : आश्विन ७, २०७७ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?