चीनद्वारा सन् २०५० सम्मको रेलवे लक्ष्य सार्वजनिक- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनद्वारा सन् २०५० सम्मको रेलवे लक्ष्य सार्वजनिक

लक्ष्मी लम्साल

बेइजिङ — चीनले सन् २०३५ भित्र ५ लाख जनघनत्व भएका चीनका सबै सहरमा हाइ स्पीड रेल सेवा पुर्‍याइसक्ने घोषणा गरेको छ। प्रस्तावमा आधुनिक रेलवे सञ्जालमा पनि विश्वको पहिलो स्थानमा उक्लिने लक्ष्य चीनले राखेको  छ ।

हाल रेलवेमा विश्वको दोस्रो स्थानमा रहेको चीन हाइ स्पीड रेलमा विश्वकै पहिलो स्थानमा छ । बिहीबार चिनियाँ सञ्चारमाध्यमहरूले जनाएअनुसार चीनको राष्ट्रिय रेलवे ग्रुपले सन् २०३५ र २०५० सम्मको रेल विकासको महत्वाकांक्षी लक्ष्य पेश गर्दै अबको १५ वर्षमा चिनियाँ हाइ स्पीड रेलको सेवा अझै प्रभावशाली हुने बताएको छ ।

योजना अनुसार हाइ स्पीड रेलको सुरक्षा, मजबुतीको ग्यारेन्टी, विश्वको अत्याधुनिक रेलवे सेवाको महादेश बन्ने चीनको लक्ष्य राखिएको छ । राष्ट्रिय रेलवे विकास तथा सुधार विभागका उपाध्यक्ष तिन ल्याङले भने, ‘अत्याधुनिक हाइस्पीड रेलमा फाइभ जी र पैतौ नेभिगेसन प्रणालीको संयोजन हुनेछ ।’

सन् २०५० सम्मको रेलवे लक्ष्यमा आधुनिक प्रविधिको प्रयोग, यातायात सुरक्षा तथा दक्षता, हरित पर्यावरण र विश्व प्रतिस्पर्धामा अग्रणी हुने कुरा उल्लेख छ ।

तथ्यांक अनुसार यस वर्षको जुलाई अन्तिम सम्ममा चीनको रेलवे अपरेटिङ माइलेज १ लाख ४१ हजार ४०० किलोमिटर पुगेको छ । यो विश्वको दोस्रो स्थान हो भने ३६ हजार किलोमिटर हाइ स्पीड रेल माइलेजका साथ चीन विश्वको प्रथम स्थानमा रहेको छ ।

चिनियाँ उद्योग तथा विद्युत मन्त्रालयका सञ्चार निर्देशक मो चसुङले भविष्यमा जडान गरिने ‘सुपर ब्रेन’ प्रविधिले परम्परागत ट्रयाकलाई विस्थापित गर्ने जानकारी दिए । तिब्बतको ल्हासा बाहेक चीनका सबै प्रदेश सदरमुकाम र हङकङमा चिनियाँ केन्द्रीय हाइ स्पीड रेल सञ्जालले छोएको छ ।

प्रकाशित : श्रावण २९, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्

कावासोती नगरपालिकामा भदौ ६ गतेसम्म लकडाउन

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको सदरमुकाम रहेको कावासोती नगरपालिका भदौ ६ गते सम्मका लागि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस फैलिएको आशंकामा संक्रमण फैलन नदिन लकडाउन गरिएको कावासोती नगरपालिकाका नगर प्रवक्ता खेम प्रसाद काफ्लेले बताए ।

बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले लकडाउन गरेर पीसीआर जाँचलाई तीव्र रुपमा अगाडि बढाएर समुदायमा भाइरस फैलन नदिन यस्तो कदम चालिएको हो ।

कावासोती नगरपालिकामा समुदायस्तरमा एक जना पत्रकार र एक जना बैंकका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगर कार्यपालिकाले लकडाउन गरेको हो । क्‍वारेन्टाइनमा बसेका व्यक्तिहरुको पीसीआर परीक्षण सकिएपछि समुदायस्तरमा कोरोना फैलिए नफैलिएको जाँच गर्न बैंकर, व्यवसायी ,पत्रकार, सरकारी कार्यालयका कर्मचारीको नमुना परीक्षण गरिएको हो ।

लकडाउनको अवधिमा नगरक्षेत्रभित्र रहेका सबै सरकारी, अर्धसरकारी तथा गैरसरकारी सस्था, बैंक तथा वित्तीय संस्थाहरुको सेवा बन्द हुने छ । तर डिजिटल बैकिङ र एटिएम सेवा भने यथावत सञ्चालनमा रहने कावासोती नगरपालिकाले विज्ञप्ति मार्फत जानकारी गराएको छ । स्वास्थ्य सेवा र अन्य अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरुले नियमित संचालन हुने छ ।

पूर्वी नवलपरासीमा ३ सय ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको मध्य ३ सय २७ जना उपचारपछि निको भएर घर फर्किएको र ७ जना प्राकृतिक चिकित्सालय रजहरको आइसोलेसनमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले बताए ।

प्रकाशित : श्रावण २९, २०७७ १५:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×