कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्चित भारतीय शायर राहत इन्दौरीको निधन, कोरोना संक्रमित थिए

कान्तिपुर संवाददाता

काठमाडौँ — चर्चित भारतीय शायर तथा गीतकार राहत इन्दौरीको मंगलबार मृत्यु भएको छ । उनी ७० वर्षका थिए । सोमबार कोरोना संक्रमण देखिएका राहत इन्दौरीको मध्य प्रदेशको अरविन्दो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको हृदयघातबाट मृत्यु भएको हो ।

चर्चित भारतीय शायर राहत इन्दौरीको निधन, कोरोना संक्रमित थिए

मंगलबार बिहान ट्वीट गर्दै इन्दौरीले आफूमा कोरोना देखिएको जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘कोभिडको सुरुवाती लक्षण देखिएकाले हिजो मेरो परीक्षण गरिएको थियो । जसको रिपोर्ट पोजिटिभ आएको छ । म अरबिन्दो अस्पतालमा भर्ना भएको छु । प्रार्थना गर्नुहोस् कि मैले यस रोगलाई छिट्टै जित्न सकूँ ।’

इन्दौरीले लेखेका थुप्रै शायरी र गीतहरु चर्चित छन् । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेका बेला उनले लेखेको कविता ‘बुलाती है मगर जानेका नहीँ’ निकै लोकप्रिय भएको थियो । ‘सामाजिक दूरी कायम गरौं’ भन्ने सन्देशसहित यो कवितालाई प्रयोग गरी धेरैले यसको मिम बनाएका थिए ।

उर्दू भाषाका प्राध्यापकसमेत रहेका उनले उर्दूमा पीएचडीसमेत गरेका थिए । उनले ‘मुन्ना भाइ एमबीबीएस’, ‘मर्डर’ लगायतका बलिउड चलचित्रका लागि समेत गीत रचना गरेका छन् । राहत इन्दौरीको जन्म सन् १९५० को जनवरी १ मा मध्य प्रदेशको इन्दौरमा भएको थियो । मञ्चमा आफ्नो सायरी प्रस्तुत गर्ने शैलीका कारण पनि उनी चर्चित थिए ।

प्रकाशित : श्रावण २७, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?