कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकामा राजापाक्ष दाजुभाइको दललाई स्पष्ट बहुमत

एजेन्सी

कोलम्बो — श्रीलंकामा बुधबार भएको संसदीय चुनावमा सत्तारूढ दल श्रीलंका पोडुजना पेरामुना (एसएलपीपी) विजयी भएको छ । चुनावी नतिजाले राजापाक्ष परिवार श्रीलंकाको राजनीतिमा अझ शक्तिशाली हुने देखिएको छ । कोरोना भाइरसको संक्रमणबीच बुधबार भएको चुनावमा ७१ प्रतिशत मत खसेको थियो । यो सन् २०१५ को संसदीय चुनावको तुलनामा करिब ६ प्रतिशत कम हो ।

श्रीलंकामा राजापाक्ष दाजुभाइको दललाई स्पष्ट बहुमत

राष्ट्रपति गोटाभया राजापाक्ष तथा प्रधानमन्त्री महेन्दा राजापाक्षको दल (एसएलपीपी) २२५ सिटमध्ये १४५ सिटमा जित हात पारेको छ । त्यस्तै उसको गठबन्धनमा रहेको दलले थप ५ सिट जितेको छ ।

प्रमुख विपक्षी दल एसजेबीले ५४ सिटमा जित हात पारेको छ ।

प्रधानमन्त्री राजापाक्षका भाइ गोटाभया राजापाक्ष गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका हुन् । त्यसलगत्तै उनले आफ्ना दाइलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । राष्ट्रपति राजापाक्षले चुनावमार्फत आफ्नो दलले ऐतिहासिक दुई तिहाइ सिट हासिल गर्ने बताएका छन् ।

गठबन्धनले दुई तिहाइ सिट प्राप्त गरेकाले उनी सन् २०१५ को संविधानले सीमित पारेका राष्ट्रपतीय अधिकार पुनःस्थापित गर्ने दाउमा छन् । २ सय २५ सदस्यीय संसद्मा १ सय ५० मत पुर्‍याउन सकेको खण्डमा उनले संविधान संशोधन गर्न सक्नेछन् ।

प्रकाशित : श्रावण २३, २०७७ ०६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?