कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटोपना घटाए जोखिम कम

चिकित्सकहरुका अनुसार मोटोपनाका कारण कोरोना भाइरसको संक्रमण निको हुने सम्भावना कम हुन्छ ।
नवीन पोखरेल

लन्डन — कोरोना भाइरस संक्रमित जटिलतामा जाने सम्भाव्य कारकमा मोटोपनाको उच्च दर मानिएको छ, जसले टाइप टु डाइबेटिज (मधुमेह) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरू बताउँछन् । मोटोपनाका कारण कोभिड सुधार (रिकभर) हुने सम्भावना कम हुने चिकित्सकहरूको बुझाइ छ ।

मोटोपना घटाए जोखिम कम

बेलायत सरकारले आउँदो शरद ऋतुमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु हुने आकलन गर्दै देशभर मोटोपना घटाउने अभियान नै सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसबाट टाइप २ मधुमेहजस्ता रोग नियन्त्रण गर्न सहयोग पुग्ने अधिकारीहरूको विश्वास छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू कोरोना भाइरसबाट संक्रमित भएपछि सघन उपचार आवश्यक पर्नुको कारण मोटोपना भएको जनाएका थिए । त्यसैले पनि प्रधानमन्त्रीको कार्यालयले ‘मोटोपनाविरुद्धको लडाइँ’ नामकरण गरिएको अभियानमा प्रधानमन्त्री आफैंले रुचि देखाएको ठानिएको छ । अहिले प्रधानमन्त्री जोन्सन मानिसलाई साइकल चलाएर मोटोपना घटाउन उत्प्रेरित गरिरहेका छन् । बेलायतको नर्फक एन्ड नरविच युनिभर्सिटी हस्पिटलमा डायबेटिज एन्ड इन्डोक्राइनोलोजी कन्सल्टेन्ट डा. संकल्प न्यौपाने मोटोपनाले डायबेटिज, मुटुसम्बन्धी रोग (कार्डियोभास्कुलर), श्वासप्रश्वास समस्या, हाड जोर्नी दुख्ने, क्यान्सर, ब्लड प्रेसर आदि रोगहरू निम्त्याउने बताउँछन् ।

डा. न्यौपानेको भनाइमा मानिसहरूको जीवनशैली परिवर्तन, कसरत कम, खेल्ने ठाउँ अभाव, फास्टफुड खाने बानी, मेसिनको काममा निर्भर, हिँडाइ कम आदिले गर्दा मोटोपना बढिरहेको छ । पश्चिमी देशको तुलनामा नेपाललगायत दक्षिण एसियाली मानिसमा मोटोपनाको जोखिम बढी देख्छन् क्याम्ब्रिज विश्वविद्यालयबाट मधुमेहबारे विद्यावारिधि डा. न्यौपाने । दक्षिण एसियाली मानिसमा मोटोपना निर्धारण गर्ने बीएमआर्ई (बडी मास इन्डेक्स) क्राइटेरिया नै फरक हुने न्यौपानेको भनाइ छ । उचाइमा एडजस्टेड तौलका आधारमा बीएमआई नापिन्छ ।

तौलका आधारमा मात्र मोटोपना मान्न नहुने डा. न्यौपानेले बताए । ‘६ फुटको मानिससँग ५ फुटको मानिसको वजन दाँज्न त भएन नि,’ उनी भन्छन्, ‘अग्लो मान्छेको तौल र होचोको तौल फरक पर्छ ।’ नेपालीलाई मोटोपनाको बढी जोखिम देख्छन् उनी । नेपालीमा ३ वा ४ वटा रोग सँगै जोडिएका पाइएको छ, जसलाई चिकित्सकीय भाषामा ‘मेटाबोलिक सिन्ड्रम’ भनिन्छ । विशेष गरी अहिले नेपालीमा मेटाबोलिक सिन्ड्रम (कम शारीरिक गतिविधि) ले हुने मोटोपना, हाई ब्लड प्रेसर, पेटको बोसो बढी, उच्च कोलस्ट्रोल आदि समस्या एकैचोटि पाइएको छ ।

पेटको बोसो (एबडोमिनल फ्याट) धेरै किसिमका रोगहरूसँग जोडिएको छ । ‘खाएन भने रोग लाग्छ, दुब्लाइन्छ’ भन्ने गलत मानसिकता धेरैमा रहेको उनी बताउँछन् ।

प्रकाशित : श्रावण २३, २०७७ ०६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?