कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

रिया चक्रवर्तीविरुद्ध सुशान्तका पिताले दिए उजुरी  

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेता सुशान्तसिंह राजपुतका पिता केके सिंहले रिया चक्रवर्तीविरुद्ध पटना प्रहरीमा उजुरी दिएका छन् । रियाले सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै सुशान्तका बुबाले उजुरी दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ । 

रिया चक्रवर्तीविरुद्ध सुशान्तका पिताले दिए उजुरी  

सुशान्तले गत जुन १४ मा बान्द्राको आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए । 'चारजनाको समूह मुम्बई पठाइसकेको छ । समूहले त्यहाँ महत्वपूर्ण कागजात संकलन गर्नेछ,' पटना प्रहरीका अधिकृत संजय सिंहले भनेका छन् ।

सुशान्तको आत्महत्यापछि विवादमा तानिएकी उनकी प्रेमिका रियाको बयान पनि गत महिना प्रहरीले लिएको थियो । अनुसन्धानका क्रममा यो मुद्दामा ४० भन्दा बढी व्यक्तिहरुको बयान लिइसकेको छ । फिल्मकर्मी सञ्जयलीला भन्साली, आदित्य चोपडा, महेश भट्ट, करण जौहरको धर्मा प्रोडक्सनका सिइओ अपूर्व मेहतालगातको बयान प्रहरीले लिइसकेको 'द हिन्दुस्तान टाइम्स'मा उल्लेख छ ।

पछिल्लो समय रियाले ट्वीटरमा आफूलाई सुशान्तको मृत्युको दोष लगाउँदै बलात्कारको धम्की आएको भन्दै गृहमन्त्रीसमक्ष कारबाही माग गरेकी थिइन् । 'म सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती हुँ । सुशान्तको अकस्मात मृत्यु भएको एक महिना भइसक्यो । मलाई सरकारमाथि पूरा विश्वास छ । यस घटनाको सीबीआई छानबिनका लागि आग्रह गर्छु,' उनले ट्विटमा लेखेकी थिइन् ।

प्रकाशित : श्रावण १३, २०७७ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?