कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा बाढीले ३ करोड ७८ लाखभन्दा बढी प्रभावित

एजेन्सी

वुहान — बाढीका कारण गत जुन महिनादेखि चीनका २७ प्रान्तमा आएको बाढीमा १४१ जना चिनियाँ बेपत्ता छन् । जसमध्ये कतिपयको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । बाढीले ३ करोड ७८ लाख ९० हजार मानिस प्रभावित भएको र २ लाख २४ हजार ६ सयलाई सुरक्षित ठाउँमा सारिएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चीनमा बाढीले ३ करोड ७८ लाखभन्दा बढी प्रभावित

जुनको सुरुवातदेखि नै चीनका ४ सय ३३ नदीमा पानीको बहाव उच्च खतरामा पुगेको छ । जसमध्ये ३३ वटा नदीको बहाव हालसम्मकै उच्च रहेको त्यहाँको जलस्रोत मन्त्रालयले सोमबार बताएको छ ।

चीनको बाढी नियन्त्रण तथा खडेरी राहतसम्बन्धी कार्यालयका अनुसार लगातारको वर्षातले बाढी अझै बढ्न सक्ने बताइएका कारण बाढी रोकथामका लागि आकस्मिक पहलकदमीका लागि आफ्ना संयन्त्रहरुलाई बढाएको छ ।

चिनियाँ अर्थ मन्त्रालय र प्रकोप व्यवस्थापन मन्त्रालयले सोमबार मात्रै पाँचवटा प्रान्तहरु चियाङसी, अन्हुई, हुबेई, चोङकिङ र हुनान क्षेत्रमा प्रकोप राहतस्वरुप ६० करोड युआन विनियोजन गरेको छ ।

प्रकाशित : असार ३०, २०७७ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?