कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा ठूलो बाढी : कम्तीमा १६ जनाको मृत्यु

एजेन्सी

टोकियो — केही दिनको भारी वर्षापछि आएको बाढीले जापानमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । जापानको दक्षिण पश्चिमी  क्षेत्रमा आएको बाढीले एउटा नर्सिङ होम नै बगाएको जापानी सञ्चारमाध्यम एनएचकेले जनाएको छ । 

जापानमा ठूलो बाढी : कम्तीमा १६ जनाको मृत्यु

एनएचकेका अनुसार जापानको कुमामोतो र कागोशिमा प्रिफेक्चरमा केही ठाउँमा बाढीले ठूलो संख्यामा घरहरु बगाएको छ । जापानी सञ्चारमाध्यमहरुका अनुसार नर्सिङ होमका १४ जनाको मृत्यु भएको छ । त्यस्तै अन्य १७ जनाको पनि मृत्यु भएको आशंका गरिएको एनएचकेले उल्लेख गरेको छ । बाढीपहिरोमा परि दर्जनौं बेपत्ता भएका छन् ।

दुई वटा प्रिफेक्चरका ७५ हजारभन्दा बढी व्यक्तिलाई उद्धार गर्नुपर्ने अवस्था रहेको जापानी अधिकारीहरुले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री सिन्जो आबेले उद्धार र राहत कार्यमा जापान डिफेन्स फोर्सका करिब १० हजार सुरक्षाकर्मी खटिइसकेको बताएका छन् । कुमामोतोको कुमा नदीमा रहेको पुल बाढीले बगाएकाले उद्धारमा कठिनाइ भइरहेको छ ।

बाढी कारण करिब ८ हजार घरमा बत्ती नभएको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : असार २१, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?