कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहिनन् बलिउड कोरियोग्राफर सरोज खान

एजेन्सी

मुम्बई — बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको हृदयघातका कारण शुक्रबार निधन भएको छ । केही दिनदेखि बिरामी परेकी उनलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा ७१ वर्षीया खानको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् । 

रहिनन् बलिउड कोरियोग्राफर सरोज खान

केही दिनअघि उनको कोरोना टेस्ट गरिएको थियो । कोरोना टेस्ट भने नेगेटिभ आएको थियो । सरोजले करिब २ हजार फिल्ममा कोरियोग्राफी गरेकी छिन् । उनले श्रीदेवी र माधुरी दीक्षितलगायत बलिउडका अधिकांश अभिनेत्रीलाई नृत्य सिकाएकी थिइन् । उनले अन्तिम पटक कंगना रनावतको 'मणिकर्णिका' र 'कलंक'का गीतमा कोरियोग्राफी गरेकी थिइन् ।

सरोजले ४० वर्ष बलिउडमा कोरियोग्राफी गरिन् । सरोजले पहिलो पटक सन् १९७४ मा 'गीता मेरा नाम'बाट कोरोयोग्राफी थालेकी थिइन् । अहिलेसम्म उनले तीन नेशनल अवार्ड जितेकी थिइन् ।

खानको निधनमा अभिनेता अक्षय कुमारले ट्विट गर्दै लेखेका छन्, 'दुखद खबरसँगै उठें । लेजेन्ड्री कोरियोग्राफर सरोज खान अब रहनु भएन । उहाँले नृत्यलाई सबैले गर्न सक्ने सहज बनाइदिनुहुन्थ्यो । यो बलिउड इन्डस्ट्रीका लागि ठूलो नोक्सान हो । उहाँको आत्माले शान्ति पाओस् ।'

शुक्रबार नै उनको अन्तिम संस्कार गरिने बताइएको छ । उनका एक छोरा र दुई छोरी छन् ।

प्रकाशित : असार १९, २०७७ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?