कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वुहानमा एक महिनापछि कोरोना संक्रमण देखियो

एजेन्सी

बेइजिङ — कोरोना भाइरसको उद्‍गमस्थल मानिएको चीनको वुहानमा करिब एक महिनापछि एक जना संक्रमित भेटिएका छन् । गत अप्रिल ३ तारिखयता वुहानमा पहिलो पटक संक्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

वुहानमा एक महिनापछि कोरोना संक्रमण देखियो

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार शनिबार वुहानमा एक जनासहित चीनभर १४ जनामा नयाँ कोरोना संक्रमण देखिएको छ । सांघाई प्रान्तमा देखिएका २ जना संक्रमित विदेशबाट आएको बताइएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार १२ जनामा चीनभित्रै संक्रमण भएको पाइएको छ । यी संक्रमित जिलिन प्रान्तका र एकजना हुुबेई प्रान्तमा भेटिएका हुन् ।

एउटा आयातित संक्रमण चीनको इनर मंगोलिया स्वायत्त क्षेत्रमा देखिएको बताइएको छ । आयोगका अनुसार शनिबार संक्रमितमध्ये कसैको मृृत्यु भएको छैन । शनिबार ७४ जना संक्रमति निको भएर घर फर्किएका थिए भने १३ जना गम्भीर अवस्थाका बिरामी रहेकोमा हाल २ जना मात्र रहेका छन् ।

शनिबार साँझसम्म चीनमा ८२ हजार ९०१ कोरोना संक्रमित देखिएका छन् भने १४८ जना संक्रमित अझै उपचार गराइरहेका छन् । जसमा ७८ हजार १२० जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : वैशाख २८, २०७७ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?