कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथामा चीनको फाइभ-जी

लक्ष्मी लम्साल

बेइजिङ — चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा मोबाइल नेटवर्कको नयाँ टेक्नोलोजी ५-जी अपरेसन सुरू गरेको छ।

सगरमाथामा चीनको फाइभ-जी

बिहीबार मध्यान्ह तिब्बततर्फबाट ६ हजार पाँच सय मिटरको उचाइमा ५-जी डाटाबेस खडा गरिएको चिनियाँ सञ्‍चारमाध्यमहरूले जनाएका छन्। चाइना मोबाइल र हुवावेई कम्पनीले संयुक्त रूपमा ५-जी जडान गरेपछि अब सगरमाथा क्षेत्रमा नेटवर्क सुविधा उपलब्ध हुनेछ ।

गत अप्रिलदेखि चीनले सगरमाथा बेसमा फोरजी र फाइभजी स्थापनाका लागि प्रयास गरिरहेको थियो। राष्ट्रिय प्राकृतिक संरक्षण र सगरमाथा आधार क्षेत्रमा ठूलो किसिमका निर्माण सामग्री प्रतिबन्धित रहेकाले चाइना युनिकमले १० जना निर्माणकर्मीमार्फत् अप्टिकल केबल, एन्टेना, सम्बन्धित अन्य सामग्रीहरू ५ हजारभन्दा माथिको उचाइमा बोकेर पुर्याएको थियो।

चीनद्वारा सगरमाथाको उचाइ मापन सुरू

चीनले बिहीबारदेखि नयाँ चरणको सगरमाथाको मापन सुरू गरेको छ। सगरमाथालाई चिनियाँमा चोमोलाङ्मा भनिन्छ। तिब्बत स्वशासित क्षेत्रमा पर्ने सगरमाथा मापनका लागि चिनियाँ टोली त्यसतर्फ खटाइएको चाइना डेलीले लेखेको छ।

चीनले आफ्नो तर्फबाट सगरमाथाको उचाइ मापन गर्न लागेपनि नेपालले भने यसअघि नै मापन प्रक्रिया सुरू गरिसकेको छ। नेपालमा सन् २०१५ को अप्रिलमा गएको विनाशकारी भूकम्पपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ तलमाथि हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित : वैशाख १८, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?