कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीस्थित अमेरिकी दूतावासका एक कर्मचारीमा पनि कोरोना

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीस्थित अमेरिकी दूतावासका एक कर्मचारीमा पनि कोरोना देखिएको छ । ती कर्मचारीको शुक्रबार आएको रिपोर्टमा कोरोना देखिएको हो ।

दिल्लीस्थित अमेरिकी दूतावासका एक कर्मचारीमा पनि कोरोना

दिल्लीस्थित दूतावासका प्रवक्ताले त्यसको पुष्टि गर्दै संक्रमित बिरामीको उचित उपचारका लागि भारतका स्वास्थ्यसँग सम्बन्धित निकायसँग सम्पर्कमा रहेको बताएका छन् ।


‘नयाँदिल्लीस्थित दूतावासका एक जना कर्मचारीको कोभिड १९ संक्रमणको रिपोर्टका बारेमा जानकार छौं । र संक्रमितको उचित उपचार सुनिश्चित गर्नका लागि स्वास्थ्यका सम्बन्धित निकायसँग सहकार्य भइरहेको छ,’ दूतावासका प्रवक्ताले भनेका छन् । साथै उनले गोपनियताका कारण संक्रमितका बारेमा थप जानकारी दिन असमर्थता समेत व्यक्त गरेका छन् ।

भारतमा मात्र शुक्रबार अपरान्हसम्ममा कोरोना संक्रमितको संख्या २३ सय नाघेको छ । हालसम्म संक्रमणबाट ५६ जनाको मृत्यु भइसकेको छ भने १५७ जना उपचापछि निको भइसकेका छन् । साथै दिल्लीमा मात्र ३०० भन्दा बढीमा कोरोना देखिएको छ ।

प्रकाशित : चैत्र २१, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?