कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण

एजेन्सी

सोल — उत्तर कोरियाले आइतबार बिहानै दुइटा छोटा दूरीका क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । 
उत्तर कोरियाको समुद्री तटीय ओन्सन क्षेत्रबाट ‘दुइटा छोटा दूरीका क्षेप्यास्त्र’ प्रहार भएको दक्षिण कोरियाली ‘जोइन्ट चिफ अफ स्टाफ’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण

उसका अनुसार ती क्षेप्यास्त्र २ सय ३० किलोमिटर माथिसम्म पुगेका थिए ।


नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व नै आक्रान्त भइरहेका बेला क्षेप्यास्त्र प्रहार गर्नु आफैंमा ‘अनुपयुक्त’ कदम भएको दक्षिण कोरियाले जनाएको छ । ‘कोभिड–१९ का कारण विश्वले नै अप्ठेरो परिस्थितिको सामना गरिरहनु परेको बेला उत्तर कोरियाको यस प्रकारको सैन्य गतिविधि अनुपयुक्त छ र हामी तत्काल यस्ता कार्य रोक्न आग्रह गर्दछौं,’ दक्षिण कोरियाको ‘जोइन्ट चिफ अफ स्टाफ’ले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले उल्लेख गरेको छ ।


जापानले पनि उत्तर कोरियाले आइतबार प्रहार गरेका क्षेप्यास्त्र ‘ब्यालेस्टिक क्षेप्यास्त्र’ जस्तै देखिएको र आफ्नो भूभागसम्म भने नआइपुगेको जनाएको छ ।


एक साताको अवधिमा प्योङयाङले गरेको यो दोस्रो क्षेप्यास्त्र परीक्षण हो । यो महिना मात्र उसले नौवटा क्षेप्यास्त्र प्रहार गरिसकेको दक्षिण कोरियाले बताएको छ । उसले सैन्य अभ्यासलाई पनि जारी राखेको बताइन्छ । चीनको छिमेकी भए पनि हालसम्म कसैलाई पनि कोरोना भाइरस नदेखिएको उत्तर कोरियाले दाबी गर्दै आएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?