कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ प्रकोप : पेरिसका अस्पताल चाँडै भरिने चेतावनी

(एजेन्सी)

पेरिस — फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या बढ्न नरोकिएपछि राजधानी पेरिसका अस्पताल ४८ घण्टाभित्र भरिने चेतावनी स्वास्थ्यकर्मीले दिएका छन् । 

कोभिड–१९ प्रकोप : पेरिसका अस्पताल चाँडै भरिने चेतावनी

फ्रान्समा शुक्रबारसम्म २९ हजारमा भाइरस पुष्टि भएकोमा पेरिस र आसपासका क्षेत्रमा त्यसको एक चौथाई संक्रमित छन्, जसमध्ये १३ सय संक्रमित ‘इन्टेसिभ केयर युनिट (आईसीयू) मा छन् । ‘संक्रमित संख्या बढ्दै जानुको अर्थ ४८ घण्टाभित्र पेरिस वरपरका अस्पताल भरिने छन्,’ फ्रेन्च अस्पताल महासंघका प्रमुख फ्रेडेरिक भलेटक्सले शुक्रबार बताएका छन् । ‘हाम्रो क्षमता २४ वा ४८ घण्टाभित्र सकिनेछ । हामीले यसबेला वास्तविक ऐक्यबद्धता देखाउन जरुरी छ र देशका अन्य क्षेत्रमा विरामी स्थानान्तरण आवश्यक छ,’ उनले भने ।


राजधानी र त्यस वरपरका क्षेत्रमा संक्रमितको संख्या बढ्दै गएपछि अधिकारीहरुले थप आईसीयू बेड, भेन्टिलेटर र स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि मिहिनत गरिरहेका छन् । बिरामी बढ्दै गएपछि सेनाको सहयोगमा अन्य सहरमा समेत स्थानान्तरण गरिएका छन् । फ्रान्समा हालसम्म १ हजार ६ सय ६९ जनाको कोभिड–१९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित : चैत्र १४, २०७६ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?