कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत पनि तीन साताका लागि लकडाउन

तीन सातामा पनि कोरोना नियन्त्रण नभए भारत एक्काइस वर्ष पछाडि धकेलिने मोदीको भनाइ
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत सरकारले आगामी तीन साताका लागि पुरै देश बन्द गर्ने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै पुरै देशमा लकडाउनको घोषणा गरेका हुन् ।

भारत पनि तीन साताका लागि लकडाउन

‘आज (मंगलबार) राति बाह्र बजेदेखि पुरै देशभर लाकडाउन हुन गइरहेको छ । घरबाट बाहिर निस्कन पूरा प्रतिबन्ध लगाइएको छ । सबै राज्य र केन्द्रशासित प्रदेश, पत्येक जिल्ला, गाउँ र टोललाई लकडाउन गरिने छ,’ मोदीले सम्बोधनका क्रममा भने । यो निर्णय स्वास्थ्य विज्ञहरु र अन्य मुलुकको अनुभवलाई हेरेर लिइएको समेत मोदीले उल्लेख गरेका छन् । र, यो बन्द गत आइतबारको जनता कर्फ्युभन्दा थप कडा रुपमा लागू हुनेसमेत मोदीले जनाएका छ्न । यो निर्णय कोरोना महामारीविरुद्धको निर्णायक लडाइँ हुनेसमेत उनले बताएका छ्न ।

लकडाउनको निर्णयले मुलुकले ठूलो आर्थिक मूल्य चुकाउनुपर्ने भए पनि प्रत्येक भारतीय जीवन बचाउनु महत्वपूणर्ण भएको समेत मोदीले सम्बोधनमा भनेका छन् । यो घडी अनुशासनको घडी भएको उल्लेख गर्दै मोदीले आफ्‍नो वचनको पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

‘म हात जोडेर प्रार्थना गर्छु । तपाईंहरु जहाँ हुकुहुन्छ त्यही बस्नु । अहिलेको परिस्थितिलाई हेर्दा यो लकडाउन तीन साताका लागि हुनेछ । २१ दिनका लागि लक डाउन हुनेछ,’ उनले भने ।

उनले स्वास्थ्य विज्ञहरुका अनुसार कोरोना भाइरसको संक्रमणको सांग्लो तोड्न २१ दिन महत्वपूर्ण हुने भएकाले यो निर्णय लिएको बताएका छन् । यदि तीन सातामा पनि नियन्त्रण नभए एक्काइस वर्ष पछाडि धकेलिने र सबै परिवारले ठूलो मूल्य चुकाउनुपर्ने पनि मोदीको भनाइ छ । ‘त्यही भएर मेरो हार्दिक अनुरोध छ, २१ दिनसम्म घरमै बसिदिनुस्,’ उनले भने । मोदीले यसअवधिमा पनि अत्यावश्यक बस्तुको आपूर्ति भने सुचारु रहने उल्लेख गरेका छन् ।

प्रकाशित : चैत्र ११, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?