कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरियाली सेनाको हवाई आक्रमणमा कम्तीमा ३३ जना टर्किस सेनाको मृत्यु

एजेन्सी

अंकारा — सिरियाली सेनाको हवाई आक्रमणमा कम्तीमा ३३ जना टर्किस सेना मारिएका छन् । स्थानीय समयअनुसार बिहीबार राति रुसी समर्थन रहेको सिरियाली सेनाले व्रिदोहीहरुको कब्जामा रहेको इड्लिबमा आक्रमण गरेको हो ।

सिरियाली सेनाको हवाई आक्रमणमा कम्तीमा ३३ जना टर्किस सेनाको मृत्यु

विद्रोहीहरुको कब्जाबाट इड्लिबलाई मुक्त गर्न सिरियाली सेनाले लगातार प्रयास गरिरहेको छ । इड्लिबमा रहेका सिरियाली विद्रोहीलाई टर्किस सेनाले सहयोग गरिरहेको छ । आक्रमणमा ठूलो संख्यामा टर्किस सेना घाइते भएको टर्कीको हाताय प्रान्तका गर्भनर रहमी डोगानले जानकारी दिएका छन् ।


टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले बोलाएको सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठकपछिअहिले टर्कीको सेनाले जवाफी आक्रमण गरिरहेको बीबीसीले उल्लेख गरेको छ । टर्कीले सिरियाली सरकारलाई आफ्नो ‘सैन्य अब्जरभेसन पोस्ट’ बाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरेको छ । तर रुस र सिरियाली सरकारले सन् २०१८ मा भएको युद्धविरामलाई पूर्ण रुपमा पालना गर्नुपर्ने बताउँदै आएका छन् । टर्कीले युद्धविराम तोड्दै विद्रोही शक्तिलाई समर्थन गर्दै आएको पनि रुसले आरोप लगाउँदै आएको छ ।


यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले टर्की र सिरियाबीचको पछिल्लो द्वन्द्व निकै दुःखद भएको बताउँदै दुवै पक्षलाई तत्काल युद्धविराम गरी हिंसाको बाटो त्याग्न आग्रह गरेका छन् । त्यस्तै अमेरिकाले पनि पछिल्लो अवस्था निकै चिन्ताजनक भएको बताउँदैे आफू ‘नेटो गठबन्धनमा रहेको टर्कीको साथमा रहेको’ प्रतिक्रिया दिएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?