कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन

एजेन्सी

कायराे — ३० वर्षसम्म राष्ट्रपति रहेका इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन

मुबारकले सन् १९८१ देखि सन् २०११ सम्म इजिप्टमा शासन सम्हालेका थिए ।

इजिप्टको सरकारी टेलिभिजनका अनुसार लामो समयसम्म बिरामी रहेका उनकाे केही साताअघिदेखि शल्यक्रिया जारी रहँदै गर्दा उनकाे निधन भएकाे हाे । मुबारकले सन् २०११ को क्रान्तिपछि राष्ट्रपतिबाट हटेका थिए ।

मुबारकले इजिप्टको चौथो राष्ट्रपतिका रुपमा सन् १९८१ देखि पद सम्हालेका थिए ।

मुबारक इजिप्टको नाइल डेल्टामा सन् १९२८ मा जन्मेका थिए ।


प्रकाशित : फाल्गुन १३, २०७६ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?