कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टर्कीमा भूकम्प, ९ जनाको मृत्यु

एजेन्सी

टर्कीमा गएको भूकम्पमा परेर ९ जनाको मृत्यु भएको छ । टर्कीका स्वास्थ्यमन्त्री फहरेत्तिन कोकाका अनुसार आइतबार बिहानको भूकम्पमा परेर ३७ जना घाइते भएका छन् ।

टर्कीमा भूकम्प, ९ जनाको मृत्यु

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले मृतकमध्ये तीन जना बालबालिका रहेका जानकारी दिएका छन् । घाइतेहरूको उपचार भइरहेको मन्त्री सोयलुले बताएका छन् ।

छिमेकी मुलुक इरानसँग सिमाना जोडिएको टर्कीको पूर्वीक्षेत्रमा पर्ने सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्नीच्युडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भेले आइतबार बिहान भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो ।

भूकम्पले १ हजार ६६ भवन पूर्ण रूपमा क्षति भएको बताइएको छ । भूकम्पले भत्काएका भवनभित्र मानिस पुरिएका हुनसक्ने आशंका अधिकारीहरूले गरेका छन् । पुरिएकाको खोजीकार्य भइरहेको बताइएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?