मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन थप बजेट माग

एजेन्सी

वासिङ्टन डिसी — मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन अमेरिकी रक्षा मन्त्रालयले थप बजेट माग गरेको छ । पर्खाल लगाउन सैन्य बजेटबाट करिब ४ खर्ब रुपैयाँ वृद्धि गरिदिन देशको संसद्समक्ष मन्त्रालयले माग गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासी र लागूऔषध कारोबारलाई रोक्न अमेरिका र मेक्सिकोबीचको सीमामा पर्खाल लगाउने प्रतिबद्धता यसअघिको चुनावी अभियानमा व्यक्त गरेका थिए ।

ZenTravel

उनी अहिले दोस्रो कार्यकालका लागि चुनावी दौडमा छन् । रक्षा मन्त्रालयले पर्खाल लगाउन थप बजेट माग गरेको संसद्ले पुष्टि गरेको छ । बिहीबार प्राप्त मन्त्रालयको पत्रमा राष्ट्रिय सुरक्षा र हतियार कार्यक्रमबाट थप रकम उपलब्ध गराउन उल्लेख भएको उसले जनाएको छ ।

पर्खाल लगाउन थप रकम माग गरेको विषयले संसद्मा विपक्षी डेमोक्र्याटिक दलसँग विवाद हुनसक्ने सम्भावना रोयटर्सले उल्लेख गरेको छ । देशको सैन्य बजेटबाट पर्खाल निर्माण गर्ने भन्ने ट्रम्प नीति खतरनाक र गलत रहेको विपक्षी डेमोक्र्याटिक दलले बताउँदै आएको छ ।

‘राष्ट्रपति ट्रम्पले पुनः एकपटक शक्ति पृथकीकरणको सिद्धान्तलाई अवमूल्यन गरेका छन् र रक्षा स्रोतलाई काम नलाग्ने सीमा पर्खालमा खर्च गर्ने भनेर हाम्रो सुरक्षालाई खतरामा पारिरहेका छन्,’ डेमोक्र्याटिक प्रतिनिधि निता लोवे र पिट भिस्क्लोस्कीले एक संयुक्त विज्ञप्ति जारी गर्दै बताएका छन् ।

अमेरिकी सदनमै प्रतिनिधित्व गर्ने रिपब्लिकन वरिष्ठ नेता म्याक थर्नबेरीले पनि थप बजेट माग गर्ने रक्षा मन्त्रालय (पेन्टागन)को कदम ‘संसद्को संवैधानिक अधिकारको विपरीत भएको’ बताएका छन् ।
पेन्टागनका वरिष्ठ अधिकारीले भने रक्षामन्त्री मार्क एस्परले १७७ माइल अर्थात् २९० किलोमिटर सीमा पर्खाल लगाउन रक्षा बजेटलाई रकमान्तर गरेर ४ खर्ब दिनेबारे स्वीकृति जनाइसकेको बताएका छन् ।

अमेरिका–मेक्सिको सीमामा लगभग ४३५ किलोमिटर पर्खाल लगाउन गत महिनै ट्रम्प प्रशासनले पेन्टागनलाई आदेश दिएको थियो । सो पर्खाल लगाउन ५ खर्ब लाग्ने बताइएको थियो ।

प्रकाशित : फाल्गुन २, २०७६ २१:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कोरोना भाइरसले चीनमा १ हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित, ६ जनाको मृत्यु

एजेन्सी

बेइजिङ — चीनमा कोरोना संक्रमितको उपचारमा खटिरहने स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिक्सिङले शुक्रबार १ हजार ७१६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको जनाएका छन् । जसमा मंगलबारसम्म ६ जनाको मृत्यु भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै झेङले संक्रमित स्वास्थयकर्मीको संख्या बढ्दै गएको बताए।

चिनियाँ अधिकारी तथा अस्पतालहरुले पटक-पटक प्रोटेक्टिभ इक्‍विपमेन्टको अभाव भएको बताइरहेका छन्। मास्कहरु पनि अभाव हुन थालेको छ।

शुक्रबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ४ सय ९१ पुगेको छ। त्यसमध्ये हङकङ, फिलिपिन्स र जापानमा एक-एक जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु

कोरोना प्रकोपको चेतावनी दिने डाक्टरकै मृत्यु

प्रकाशित : फाल्गुन २, २०७६ १६:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×