कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमितको अवस्था बुझ्‍न अस्पताल पुगे राष्ट्रपति सी

एएफपी

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार कोइराना भाइरस प्रभावितलाई अस्पतालमा पुगेर भेटघाट गरेका छन् । उनी नीलो मास्क र सर्जिकल गाउन लगाएर बेइजिङस्थित डिटान अस्पतालमा भ्रमण गरेका हुन् ।

कोरोना संक्रमितको अवस्था बुझ्‍न अस्पताल पुगे राष्ट्रपति सी

राष्ट्रपति सीलाई अस्पतालभित्र पस्नुअघि तापक्रम जाँचेर पठाइएको थियो । उनले मिडियासँग बोल्दै सरकारले कोरोना भाइरस नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि थप निर्णायक कदम अघि बढाउने प्रतिज्ञा गरे ।

यो भाइरसलाई राक्षसको रुपमा व्याख्या गर्दै आएका सीले चीनले यो वर्षमा आफ्‍नो सामाजिक तथा आर्थिक अवस्थालाई सबल बनाउन प्रयास गर्ने बताए ।

कोरोनामा संक्रमित उपचार भइरहेको अस्पतालमा बिरामी तथा चिकित्सकहरुलाई सान्त्वना दिन उनी पुगेका हुन् ।

चीन सरकारले भाइरस फैलिन नदिन चीनका विभिन्‍न प्रान्तहरुमा बन्द गरेको छ । साथै स्कुल तथा कलेजहरु पनि बन्द गरिएका छन् । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबार साँझसम्म ९ सय १० पुगिसकेको छ ।

प्रकाशित : माघ २७, २०७६ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?