कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रदर्शनकारीमाथि एक सन्की युवकले गोली चलाए, दिल्ली प्रहरी हेरिरह्यो’

एजेन्सी

नयाँदिल्ली — नागरिकता संशोधन कानुन(सीएए)   र राष्ट्रिय नागरिकता रजिस्टर(एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक सन्‍की युवकले गोली चलाएका छन् । 

‘प्रदर्शनकारीमाथि एक सन्की युवकले गोली चलाए, दिल्ली प्रहरी हेरिरह्यो’

बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्‍यालीलाई ताकेर ती युवकले गोली चलाएका हुन् । प्रहरीले ती युवकलाई पक्राउ गरिसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार ती युवकले प्रहरीसँग आफ्नो नाम गोपाल भएको बताएका छन् । साथै उनले आफू ‘रामभक्त’ भएको बताएका छन् । गोली प्रहारबाट जामिया मिलिया विश्वविद्यालयकी एक विद्यार्थी घाइते भएकी छिन् ।

ठूलो मात्रामा सुरक्षाकर्मीको तैनाथीका बाबजुद यो घटना घटेको हो । आफ्नै अगाडि खुल्लमखुला एक सन्‍कि युवकले गोली चलाउँदा पनि प्रहरी मूकदर्शक बनेको भिडियोमा देखिन्छ । प्रत्ययक्षदर्शीका अनुसार ती युवकले ‘वन्दे मातरम’, ‘भारत माताकी जय’ र ‘दिल्ली पुलिस जिन्दाबाद’ नारा लगाउँदै प्रदर्शनकारीमाथि गोली चलाएका थिए ।


प्रहरीले ती युवक काे हुन् भन्नेबारेमा अनुसन्धान गरिरहेको बताएकाे छ ।

भारतका विभिन्न ठाउँमा केही महिनादेखि सीएए र एनआरसीकाे विराेधमा लगातार विराेध प्रदर्शन भइरहेको छ । दिल्ली विधानसभा चुनावको केही दिनअगाडि मात्रै यस्तो घटना घट्‍नुलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित : माघ १६, २०७६ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?