कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

क्यारेबियन क्षेत्रमा ७.७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी

किंग्सटन — क्यारेबियन क्षेत्रमा मंगलबार ७.७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प गएको छ । यूएस जियोलोजिकल सर्भे(यूएसजीएस) का अनुसार मंगलबार जमैका, केम्यान आइल्याण्ड र क्युबाको बीचमा पर्ने क्यारेबियन क्षेत्रमा भूकम्प गएको हो ।

क्यारेबियन क्षेत्रमा ७.७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प

भूकम्पको गहिराइ १० किलोमिटर मापन गरिएको छ । भूकम्पको केन्द्रविन्दु जमैकाको लुसियाबाट १२५ किलोमिटर उत्तर पश्चिममा रहेको थियो ।


भूकम्पको धक्काले भवनहरु हल्लिए पनि मानवीय क्षतिबारे केही जानकारी आएको छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएकाले मानवीय क्षति भएको छैन । त्यस क्षेत्रमा रहेका केही कार्यालयहरु अस्थायी रुपमा मायामी र जमैकामा सारिएको बताइएको छ । भूकम्पसँगै प्यासिफिक सुनामी वार्निङ सेन्टर(पीटीडब्ल्यूसी) ले सुनामीको चेतावनी दिए पनि पछि फिर्ता गरेको छ ।


सुरुमा पीटीडब्ल्यूसीले बेलिज, पेरु, होन्डुरस, मेक्सिको, जमैका र केम्यान आयल्याण्डका केही क्षेत्रमा सुनामीको खतरा रहेको चेतावनी दिएको थियो । पछि उसले सुनामीको खतरा टरेको बताएको छ ।

प्रकाशित : माघ १५, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?