१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

राजपरिवारको भूमिकाबाट अलग हुनुको विकल्प थिएन : ह्यारी

एजेन्सी

लन्डन — बेलायती राजकुमार ह्यारीले पछिल्लो निर्णयबाट आफू दुःखी भए पनि आफूसँग कुनै विकल्प नभएको बताएका छन् ।बकिंघम दरबारले ह्यारी र मेघनको शाही पदवी खोसिने निर्णय गरेपछि पहिलो पटक सार्वजनिक सम्बोधन गरेका राजकुमार ह्यारीले भने, 'बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ पनि । यो कहिल्यै परिवर्तन हुनेछैन ।'

राजपरिवारको भूमिकाबाट अलग हुनुको विकल्प थिएन : ह्यारी

'मैले म र मेरी पत्‍नीका लागि हल्का रुपमा निर्णय गरेको होइन, कैयौं महिनाको कुराकानी र संघर्षपछि हामी यस्तो निर्णयमा पुगेका हौँ । यो निर्णय लिनुको अर्को विकल्प पनि थिएन ।,' उनले भने ।

आफूहरुले निरन्तर महारानी, कमनवेल्थ र सैन्य संस्थामा सेवा गर्न चाहे पनि सम्भव नभएको उनले बताए । 'हामीले महारानी कमनवेल्थ र सैन्य संस्थामा निरन्तर सेवा गर्न चाहन्थ्यौं तर नागरिकको पैसाले होइन, आफ्नै कमाइले । तर त्यो सम्भव भएन,'उनले भने ।

केही हप्ता अगाडि राजकुमार ह्यारी र युवराज्ञी मेघनले आर्थिक रुपले आत्मनिर्भर बन्ने भनेर शाही पद त्याग्ने घोषणा गरेका थिए ।बकिंघम दरबारसँगको सम्झौताअनुसार ह्यारी र मेघनले वीन्डजोर वर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज मर्मतका लागि करदाताबाट लिएको २.४ मिलियन पाउन्ड पनि फिर्ता गर्ने भएका छन्। उनीहरु सैन्य नियुक्तिबाट हट्ने र बेलायती महारानीको औपचारिक प्रतिनिधित्वसमेत नगर्ने बीबीसीले जनाएको छ।

ह्यारी दम्पतीले गत अक्टोबरमा शाही जीवनको चुनौती र केही बेलायती अखबारले आफूहरुको पिछा गरेको भन्दै चिन्ता व्यक्त गरेको समाचार प्रकाशित भएका थिए। ह्यारीले मिडियाका कारण मेगनले आफ्नी आमा डायनाकै नियति भोग्नुपर्ने त्राससमेत व्यक्त गरेका थिए। ह्यारीले २३ वर्षअघि आमा डायनालाई गुमाएदेखि नै हजुरआमाको न्यानो मायामा हुर्किएको बताए । 'मेरी हजुरआमा मेरा कमान्डर इन चिफ र मेरा परिवारका सदस्यका लागि मेरो सधैँ उच्च सम्मान रहनेछ,' ह्यारीले भने ।


साउथ अफ्रिकाका एचआईभीपीडितका लागि फन्ड रेजिङ कार्यक्रममा बोल्दै उनले भने, 'मलाई राजकुमारको रुपमा होइन ह्यारीको रुपमा हेरिदिनुस् ।'

दम्पतीका अनुसार उनीहरुले केही समय युके र क्यानडामा बिताउनेछन् । उनीहरुले आफ्नो छोरासित भ्यानकुभर आइल्यान्डमा ६ हप्ता समय बिताउनेछन् ।

सम्बन्धित समाचार

बेलायती राजकुमार ह्यारी र मेगनको शाही पदवी खोसिने

प्रकाशित : माघ ६, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?