कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनको चिङ्‌घाईमा खाल्डोमा बस खस्यो, ६ जनाको मृत्यु 

एजेन्सी

बेइजिङ — चीनको चिङ्घाई प्रान्तमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । सोमबार बिहान चिङ्घाईको सिनिङ अस्पतालबाहिर सडकका रहेको ठूलो खाल्डोमा परेर बस दुर्घटना भएको हो । 

चीनको चिङ्‌घाईमा खाल्डोमा बस खस्यो, ६ जनाको मृत्यु 

सडकको बीच भागमा रहेको खाल्डोमा खसेपछि बसमा आगो लागेको थियो । बसकाे अगाडिकाे भाग खाल्डाेमा पसेकाे थियाे भने पछाडिकाे भाग आकाशतिर ठडिएकाे थियाे । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार सडकमा रहेको खाल्डोको व्यास १० मिटर रहेको थियो । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलेको छैन ।

पछिल्लो समय चीनका केही प्रान्तका सडकका ज्यानमारा खाल्डाहरु भएको समाचार आइरहेको छ । सन् २०१८ मा दाझौ शहरमा खाल्डोमा बस पर्दा ४ जनाको मृत्यु भएको थियो । त्यस्तै सन् २०१३ मा सेन्जेनमा पनि खाल्डोमा बस खस्दा ५ जनाको मृत्य भएको थियो ।

प्रकाशित : पुस २९, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?