कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

मुसर्रफलाई मृत्युदण्ड दिने फैसला उल्टियो

एजेन्सी

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरर्फलाई मृत्युदण्ड दिने त्यहाँको विशेष अदालतले सुनाएको फैसलालाई उच्च अदालतले उल्ट्याइदिएको छ । उच्च अदालतको फूल बेन्चले मुसर्रफबारे विशेष अदालतको फैसलालाई गैरकानुनी भन्दै सोमबार उल्ट्याइदिएको हो ।

मुसर्रफलाई मृत्युदण्ड दिने फैसला उल्टियो

डिसेम्बर १७, २०१९ मा देशद्रोहको मुद्दामा मुसर्रफलाई पाकिस्तानको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसको विरोधमा उनी उच्च अदालत गएका थिए ।

विशेष अदालतले मुसर्रफलाई सजाय सुनाउने क्रममा कानुनी प्रक्रिया पूरा नगरेको उच्च अदालतको फैसलामा उल्लेख रहेको बीबीसीले लेखेको छ ।

संविधानको १८औँ संशोधनअनुसार संविधानको दफा ६ मा जुन संशोधन भएको छ त्यसअनुसार मुसर्रफबारे विशेष अदालतको फैसला दिन नमिल्ने फैसलामा छ ।

अभियुक्तको अनुपस्थितिमा बहस र फैसला गर्नु इस्लाम धर्म विपरित र गैरकानुनी एवं गैर संवैधानिक भएको उच्च अदालतले बताएको छ ।

न्यायाधीश मुजाहिर अली नकवीले नेतृत्व गरेको तीन सदस्यीय बेन्चमा न्यायाधीश अमीर भट्टी र न्यायाधीश मसूद जहाँगीर सामेल थिए ।

मुसर्रफबारेको फैसलाको पूर्ण पाठ पछि जारी गरिने पनि उच्च अदालतले बताएको छ ।

सन् २०१३ मा चुनाव जितेपछि नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लीग (नवाज) ले पूर्वराष्ट्रपति परवेज मुसर्रफविरुद्ध संविधान उलंघनको मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दा अन्तिम फैसला पुग्दासम्म विशेष अदालतमा चार न्यायाधीश परिवर्तन भएका थिए । त्यसक्रममा मुसर्रफ एकपटक मात्र विशेष अदालतमा उपस्थित भएका थिए ।

मुसर्रफले सन् २०१६ मा उपचारका लागि भन्दै पाकिस्तान छोडेका थिए । मृत्युदण्डको फैसला सुनाउने बेला उनी विदेशमा नै थिए । उनलाई मृत्युदण्ड सुनाएपछि पाकिस्तानको सेना र सरकारले असन्तुष्टि जनाएको थियो ।

प्रकाशित : पुस २८, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?