२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

राजपरिवारको भूमिकाबाट अलग हुने प्रिन्स ह्यारी र मेगनको घोषणा

एजेन्सी

लन्डन — बेलायतका राजकुमार प्रिन्स ह्यारी र उनकी पत्नी डचिज अफ ससिक्स मेगनले राजपरिवारको भूमिका त्याग्ने घोषणा गरेका छन् ।
बकिंगम प्यालेसबाट बुधबार विज्ञप्तिमा निकालेर ह्यारी दम्पतीले दम्पतीले सामान्य जीवनयापन गर्ने बताएका हुन् ।

राजपरिवारको भूमिकाबाट अलग हुने प्रिन्स ह्यारी र मेगनको घोषणा

उनीहरुले बेलायत र उत्तर अमेरिकामा सामान्य जीवनयापन गर्ने बताएका छन् । उनीहरुले अब आर्थिक आत्मनिर्भर हुने बाटोमा लाग्ने समेत बताएका छन् । ‘डुक र डचिस अफ ससिक्सबाट एउटा व्यक्तिगत सन्देश छ । हामी दुवैजना आर्थिक रुपमा स्वतन्त्र बन्न चाहन्छौं’, उनीहरुको विज्ञप्तिमा छ ।


राजकुमार दम्पतीले भूमिका त्याग्ने घोषणाबारे आफूहरुसँग सल्लाह नगरेको भन्दै राजपरिवार 'निराश' बनेको समेत बीबीसीले समाचार लेखेको छ ।३५ वर्षीय हृयारी राजकुमारी डायना र प्रिन्स चार्ल्सका कान्छा सन्तान हुन् ।


सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो लिएको भन्दै गत अक्टोबरमा ह्यारी र मेगनले सङ्घर्ष गर्नुपरेको बताएका थिए । बुधबार अप्रत्याशित रूपमा निकालिएको विज्ञप्तिमा धेरै महिना सोचविचार र छलफल गरी शाही भूमिका त्याग्ने निर्णयमा पुगेको उल्लेख गर्छन् । उनीहरूले विज्ञप्ति सामाजिक सञ्जाल पनि राखेका छन् ।


प्रकाशित : पुस २४, २०७६ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?