२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

इराकी संसदले भन्यो : सबै विदेशी सैनिक फिर्ता जाऊ

एजेन्सी

बग्दाद — इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्‌न भनेको छ । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो ।

इराकी संसदले भन्यो : सबै विदेशी सैनिक फिर्ता जाऊ

इराकमा अहिले ५ हजार अमेरिकी सैनिक रहेका छन् । इराकी संसदले सरकारसँग विदेशी सुरक्षा बललाई इराकी जमिन, हवाई तथा जलक्षेत्रको प्रयोगमा पनि रोक लगाउन निर्देशन दिएको छ ।

संसदले इराकी सरकारलाई अमेरिकी सेनाको सबै सहयोग बन्द गर्न पनि निर्देशन दिएको छ । अल अरबियाका अनुसार इराकी संसदको विशेष सत्रमा कामचलाउ प्रधानमन्त्री अब्दुल महदीले चाँडोभन्दा चाँडो इराकमा विदेशी सेनाको उपस्थिति हटाउनुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री महदीले इराकले भोग्दै आएको आन्तरिक र बाहृय समस्या आफै समाधान गर्ने पनि बताए ।

इराकी प्रधानमन्त्री महदीले इरानी सैन्य कमान्डर मारिएको घटनालाई राजनीतिक हत्याको संज्ञा पनि दिएका छन् ।

इराकले संसदबाट विदेशी सैनिक हटाउने प्रस्ताव पास गरे पनि सजिलै अमेरिकी सैनिक हट्ने भने छैनन् । अमेरिकी सेनालाई हटाउन इाकी संसदमा विधेयक ल्याएर अमेरिकासँगको सम्झौता भंग गर्नुपर्ने छ ।


अब्दुल महदीले गत महिनादेखि चलिरहेको सरकारविरोधी प्रदर्शनपछि राजीनामा दिएका थिए । उनी अहिले कामचलाउ प्रधानमन्त्रीका रुपमा रहेका छन् ।

इराकमा रहेका अमेरिकी सेनाले इराकी सेनालाई तालिम दिइरहेका छन् । तर इराक सरकारले आफ्नो भूमिमा इरानी सैन्य कमान्डर सुलेमानीको हत्या हुनु आफ्नो सम्प्रुभतामाथि प्रहार भएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित : पुस २१, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?