कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटा टुनाको मूल्य १८ लाख डलर 

रोयटर्स

टोकियो — जापानको राजधानी टोकियोस्थित टोयोसू माछा बजारमा भएको यस वर्षको पहिलो लिलामीमा एउटा 'ब्लूफिन टुना' माछा १८ लाख डलरमा बिक्री भएको छ । यो मूल्य माछा बजारको हालसम्मकै दोस्रो अधिक हो । 

एउटा टुनाको मूल्य १८ लाख डलर 

यस वर्ष पनि 'सूसिजनानमाई' रेष्टुरेन्टका मालिक किओसी किमुराले अत्याधिक मूल्यको बोली लगाएका थिए । गत वर्षपनि उनले ३३ करोड ३६ लाख जापानी यन हालेर टुना खरिद गरेका थिए । सो खरिदसँगै उनले सन् २०१३ को सर्वाधिक मूल्यको रेकर्डलाई तोडेका थिए ।


यस वर्ष किओसीले खरिद गरेको टुना उत्तरी जापानमा समातिएको थियो । जसको तौल २७६ केजी रहेका जापनी सञ्चारमाध्यम एनएचकेले जनाएको छ । उनले खरिद गरेको टुना प्रति केजी ७ लाख यन पर्न गएको छ ।


किमुरा जापानमा 'टुना किङ' को रुपमा चिनिन्छन् । टुना माछा जापानीहरुले मन पारउने परिकारभित्र पर्छ । यो माछा जापानमा सबैभन्दा बढी खपत हुने गरेको छ । 'ब्लूफिन टुना'को व्यापारको विषयलाई लिएर जापानले आलोचना पनि खेप्दै आएको छ । यो माछा विशेष गरी प्रशान्त महासगरमा पाइन्छ ।

प्रकाशित : पुस २०, २०७६ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?