कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूचना प्रविधि केन्द्रको स्टोरेज क्र्यास हुँदा सोमबारदेखि सरकारी वेबसाइट नखुल्ने समस्या

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारी वेबसाइट र तथ्यांकको व्यवस्थापन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रको स्टोरेज क्र्यास भएपछि सोमबारदेखि सरकारी वेबसाइट नखुल्ने समस्या देखिएको छ ।

सूचना प्रविधि केन्द्रको स्टोरेज क्र्यास हुँदा सोमबारदेखि सरकारी वेबसाइट नखुल्ने समस्या

केन्द्रका प्रवक्ता रमेशप्रसाद पोखरेलले स्टोरेजमा देखिएको समस्याको कारण पत्ता नलागे पनि सरकारी वेबसाइटको डेटा रिकभरीको काम भइरहेको जानकारी दिए । उनका अनुसार हालसम्म ७५ प्रतिशत वेबसाइटको डेटा रिकभरी भइरहेको छ ।

सरकारले सरकारी तथ्यांक ब्याकअप राख्‍नका लागि हेटौंडामा डेटा रिकभरी केन्द्र स्थापना गरेको छ । त्यही ब्याकअप राखिएको तथ्यांकबाट रिकभरी गर्ने काम भइरहेको पोखरेलले जानकारी दिए ।

केन्द्रका प्रवक्ता पोखरेलले मंगलबार रातिसम्म सबै डेटा रिकभरीको काम सकिने जानकारी दिए । केन्द्रले चार हजार बढी सरकारी वेबसाइट व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?